गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

बुलबुल


तुलसी राम के सी

कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी
हिंड्दा हिंड्दै थाकेर कति रोकिन्छ जिन्दगी

कति पीर खपिन्छन्, सहेर नै बाँच्नुपर्छ
आँखाबाट छल्केर कति पोखिन्छ जिन्दगी

कति बाचा बाँधिन्छन्, कति कसम खाइन्छन्
थाहै हुन्न को सित कति जोखिन्छ जिन्दगी

सयौंपल्ट झुठो हुन्छ, सयौंपल्ट जुठो हुन्छ
फेरी आँशुमा रुझेर कति चोखिन्छ जिन्दगी

जति बैंस ढल्दैजान्छ, उति पीर बढ्दैजान्छ
सम्झनामात्रै बन्छ जति भोगिन्छ जिन्दगी

कति लड्छ जिन्दगी, कति ठोकिन्छ जिन्दगी
हिंड्दा हिंड्दै थाकेर कति रोकिन्छ जिन्दगी

तुलसी राम के सी

"बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ ।"

तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान