गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल


मदन के.सी.
एकलै थिए जिन्दगीमा, तिमी भेटे राहत मिल्यो
दोबाटोको संगम बनी, तिम्रो मेरो चाहत बढ्यो
निलो आकाश धर्तिमाथि, बिहानिले पाईला राख्यो
सोचे मैले जिन्दगीमा, अब एउटा आकाश मिल्यो
हिड्दै जांदा दोबटोमा, एक्लोपनले पाईला राख्यो
मनको दुरि बढ्यो क्यारे,फेरि हाम्रो आस्था घट्यो
हजार-हजार आशाहरु, क्षेण भरमै डेरा सर्यो
छाती थामी रुदा रुदै, मुटु भित्र आघात् पर्यो
जिवन यात्रा जारि थियो पाईतालामा घाउ लाग्यो
अलमलाउने यो गोरेटोलाई,पन्छाउनै बेस लाग्यो
 
धन्यवाद 
मदन के.सी.
धुर्कोट रजस्थल-२
धुर धारापानी 
गुल्मी नेपाल