गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

म लाटोकोसेरो

amrit kumar kc
आजकल म ऐनामा ,आफुलाई ठ्याक्कै 
लाटोकोसेरो देख्छु,
 
     हुन त 
मैले भन्दा राम्रो सपना 
खै कसले देखेको होला र !
मेरो भन्दा मीठो कल्पना 
कसले गरेको होला र !
स्वर्गकी परीसित म जति
नाचेको कसले होला र ! 
कसले चाखेको छ अमृतको स्वाद ?
त्यो मैले चाखेको छु तर सपनामा 
साला ! यही विपना एउटा पो 
ठ्याक्कै उल्टो भइदिन्छ र 
मैले उल्लु बन्नु परेको छ
 
 
यसो आँखा उघार्छुसपनामा देखेका विद्यालयहरू
विपनामा बङ्कर र ब्यारेक देख्छु
जन्मभूमि वा शान्तिभूमिलाई 
परायभूमि वा युद्धभूमि देख्छु
एकैछिन अघि सपनामा 
फूलै फूलले स्वागत गर्ने हातहातमा
हतियारै हतियार बोकेको पो देख्छु
जो चारैतिरबाट मैतिर तेर्सिएका छन् उफ् ! 
यो सब् म के देख्छु ?
मेरा ठूल्ठूला आँखा छन् मात्र दृष्टि छैनन्
पखेटाहरू पनि छन् केवल उडान छैनन् 
छ स्वतन्त्र आकास फतग गन्तव्य छैनन्
ऐनामा म आजकल 
सायद अरु हैन आफू नै देख्छु 
अचम्म ! टीठलाग्दो उल्लु देख्छु । 
amrit kumar kc

No response to “म लाटोकोसेरो”