गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

....म त तिम्रो

तुलसी राम के सी
म त तिम्रो नजरको बन्‍धनमा बाँधिएर
उछिटीएर कहाँ-कहाँ पुगें
भेटन नसकि गगनमा हराउँदै बादलहरु भित्र पुगें
पानीका थोपाहरु संग त्‍यो झरीमा
उभिएर वाटोमा रुझें
वेसाहारा अनि बिवश आशाहरुलाई पन्‍छाउँदै
समस्‍याका जंगलहरुमा लुकें
नाम खोज्‍दै ति गाउँका गल्‍लीहरुमा
आफन्‍तका मायाहरु खोज्‍दै हिडें
टुटे फुटेका रहरहरु वटुली मायाको
उनका भाकाहरुमा म भुलें
जाउँ त कहाँ जाउँ..चोटका वेदनामा च्‍यापिएर
पिडाका धुनहरु मात्र सुने
समय-समयमा उर्लिने ति बाजाहरुको साथमा
म आँफैले आँफुलाई नै थुने
पाउने मायाका उमंगहरुमा उनको माया संगाल्‍दै
हराएर म मेरो आफनो नामलाई नै भुलें... 


लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान tulsiramkc@gmail.com    

No response to “....म त तिम्रो”