गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तिमीलाई भेट्न भनि,नौ डाँडा काटेर आएँ


नरेश जी सी

तिमीलाई भेट्न भनि,नौ डाँडा काटेर आएँ ।



बोकि ल्याको महङ्गो सुन,बाटैमा साटेर आएँ ।।
हरपल तिम्रै मात्र यादले सताउदा मलाई ।


साथीसंगी आफन्त सबैलाई ढाँटेर आएँ ।।

माया गर्छु भनि देऊ, अंगालो नै हालिदेऊ ।


जुनी जुनी संगै रहुँ प्रेमको डोरी बाटेर आएँ ।।


कति राखौ मनमा कुरा गाठो पारि पारि अझै ।


डर संकोच सबै त्यागी आज त आँटेर आएँ ।।

फूलमाला तयार गरि प्रतिक्षामा बसे हुन्छ,


द्रुतमार्ग अवरोधका नीलकाँडा छाँटेर आएँ ।।


नरेश जी सी


पिपलधारा -०५ जुम्लादी,
गुल्मी नेपाल
नई दिल्ली (भारत)
E-mail:- gcnaresh@yahoo.in &
 info@hamrogulmi.com
Mob.+919958330876
Web:- www.hamrogulmi.com

No response to “तिमीलाई भेट्न भनि,नौ डाँडा काटेर आएँ”