गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल 1

फिर्ता पठाँऊ औठी चिनो छुटि सके पछि
नजर बाटै मेरो तस्विर टुटि सके पछि

सगरका तारा झार्ने माया छ भन्थे म
मेरो सारा खुशी सबै भुटि सके पछि

छाडि देऊ सम्झना मारी देऊ माया
तिमी अन्तै घर जाम जुटि सके पछि

के नै छ र बाँकि अब हाम्रो समन्धको
सपनाको संसार सबै लुटि सके पछि

आशा छैन अब दुई किनारको मिलन हुने
विश्वास घात भन्दा माथि उठि सके पछि !!
ऋषि  शर्मा
पिपलधारा ०७
जुम्लादी गुल्मी नेपाल