गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल >>

आशारुपी घुम्टो ओढेँ घात लाग्यो
निस्वार्थले काम गरेँ बात लाग्यो ।

यस्तै रैछ मेरो भाग्य अप्जस् मिल्ने
पिइरैथेँ अमृत् किन मात लाग्यो ।

जे जत्ती नै,गर्न खोजें राम्रो काम
आखिरमा सधैं शुन्य हात लाग्यो ।

भन्छन् सबै जस लिन गार्हो हुन्छ
अपजसी बनी आज लात लाग्यो ।

कर्मरुपी फल पाएँ भन्थेँ मैले
बिडम्बना हरे!कस्तो आघात् लाग्यो ।

जे जस्तो छ, चित्त बुझ्नै पर्ने अहो!
नजान्नाले पनि पीरको खात लाग्यो !!!
ऋषि  शर्मा
पिपलधारा ०७
जुम्लादी गुल्मी नेपाल