गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

बुझनै सकिन

सुस्ताउँछ बतास पनि आउदा तिमी बुझनै सकिन ॥जुदायौ नयन मस्किएर मुस्कान मसँग बुझनै सकिन ॥कहिले जिस्किन्छौ कहिले ठूस्किन्छौै बुझनै सकिन ॥ अनुहार तिम्रो पढ्न खोजेँ जवाफ पाउनै सकिन ॥झिमझिम परेला तिम्रो नयनको भाका बुझनै सकिन ॥ फरफराउँदै ओँठ तिमीले के के भन्यौ बुझनै सकिन ॥क्यानभाषमा कोर्न खोँजेँ तिम्रो तस्वीर कोर्नै सकिन ।स्पर्श गरयौ समिपै आई तिमीले मन थाम्नै सकिन ॥

तुलसी राम केसी

No response to “बुझनै सकिन”