गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

रोयो

खुल्ला आकशमा जून रोयो
फुटेको बाँसुरीमा धुन रोयो

कता छ जुम्ला कता छ हुम्ला
खच्चडको पिठ्यूँमा नुन रोयो

गएकै छन् आएकै छन् मदनहरु
मुनासँगै ल्हासाको सुन रोयो

बगेन यो भूमिमा एक थोपा पसिना
पराई भूमिमा नेपाली खुन रोयो

निर्दोष नै बाँधिए नेल र हत्कडीमा
कठघरामा कठै नि ! कानुन रोयो

Rishi Ram Panthi
Hal Dubai
E.mailto:- rishi.sharma44@yahoo.in