गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

अफगानको आकाश र लादेन

उडी रहेछन् अफगानको आकाशै भरि । हेली कप्टर, फाईटर, जेट अनि मानव रहित यान पनि । चिल उडे झै उड्छन् यिनीहरु । चौविसै घण्टा कान र मुटु नै फुटाउलान कि झै गरी । गुडि रहेका छन्, युद्धका गाडीहरु सडकै भरि । कमिलाका ताँती हुन कि झैँ गरी । भन्छन् यिनीहरु निस्केको खोजिमा । तालिवानी र विन लादेनको । खोज्दै छन् नाटो सेनाले तालिवानी र लादेन । गीद्धले सिनु खोजे झैँ गरी । तर थाहा छैन यिनलाई । लादेन लुके छ कहाँ भनी । विसे्रछ कि क्या हो यिनले ? जन्माएको लादेनलाई । होईन भने पक्रन वा मार्न सक्नु पथ्र्यो नि ! भै सक्यो ९ बर्ष अपरेशन जारी गरेको । न छ अत्तो न छ पत्तो नै लादेनको । भन्छन् फरि यिनैले, तोरावोरा पहाडमा लुकेको । तर खैत लादेन पक्रेको ?

तुलसी राम केसी

No response to “अफगानको आकाश र लादेन”