गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

रुँदै थिईन देश...


घायल तन, मैला लुगा, छरिएका केश आज मेरो सपनीमा रुँदै थिईन देश । भन्थिन उन्का छोराछोरी उन्का भएनन् रेमाया, प्रेम जस्ता कुरा अब रहेनन् रेहावी भए रे जताततै तिरस्कार, क्लेश भन्दै मेरो सपनीमा रुँदै थिइन देश । छोराछोरी उनैलाई कुट्न खोज्छन अरे उन्का झिटिझाम्टापनि लुट्न खोज्छन अरे बुढेस्काल्मा सहारा कोही भएनन् रे बेश भन्दै मेरो सपनीमा रुँदै थिइन देश । घायल तन, मैला लुगा, छरिएका केश आज मेरो सपनीमा रुँदै थिईन देश ।
Sadhana Sharma

No response to “रुँदै थिईन देश...”