गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तुलसी राम के सी का कविता हरू

इन्सानको लागि गोलिले केही गर्दैन
मर्दको लागि जेल र नेलको डर छैन
शान्तिको लागि क्रान्ति नभै हुंदैन
देशको लागि समाजवाद नभै हुंदैन

बशन्तको फुल्वारीमा
भमराको राज छ
संसाररुपी फुल्वारीमा
सोसकिको समाज छ

यो संसारमा बांच्नु भन्दा
मर्नु निको हो
अ्रित भन्दै सराब पिउने
राक्षसहरुको देश हो ।
फक्रनै आंटेको फुल
फक्रनै नपाई टिपिदियो
गाँसिनै आँटेको माया
तर गंसिनै नपाई बिछोडियो

तिमी छौ रुपकी सुन्दरी रानी
देखिन्छ तिम्रो चंचले बानी
चालछ तिम्रो हाँसको जस्तो
वालछ तिम्रो मुसाको जस्तो
अनि तिमीछौ रुप्की खानि जस्ती
वोलिछ तिम्रो भेडाको जस्तो
मस्किन्छौ तिमी तिर छोड्या जस्तो
हेर्दछौ तिमी लाटोकोसेरो जस्तो
हांस्दछौ तिमी वादल गर्जे जस्तो
गीत गाउँछौ तिमी जानी नजानी
मादलको संगीत दिन्छौ बजाउन नजानी
डान्स गर्छौ अनि हेलेनको जस्तो
जिउ छ तिम्रो टुनटुन को जस्तो
त्यसैले तिमीछौ रुपकी खानि जस्ती
सुन्दर्ता भएर के गर्नु
यहाँ कदर नै छैन
पुरुषत्व भएर के गर्नु
यहाँ महत्वनै छैन
अस्तित्व भएर के गर्नु
यहाँ सतित्व्नै छैन
त्यसैले फुलको महत्व केही छैन
अस्तित्व केही छैन
त्यसैले फकृन नपाई ओइली दिन्छु
फुल्नै नपाई लत्री दिन्छु
अनि सदकोलागि झरिनै दिन्छु

Tulsiramkc

No response to “तुलसी राम के सी का कविता हरू”