गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

असीम महत =गजल (भाबनाको अन्तरङग्मा डुबुल्की मार्दा)


हीरा मोती लिई मन्दिर, जान्छिन अरे अहिले
चादी मिसाइ सुनको थालमा,खान्छिन अरे अहिले,

खोले सिस्नु झुप्रे घर, दुई आत्माको वर,
बिर्सिएर भुइको धूलो, ठान्छिन अरे अहिले,

कहिले काही अतितले, झसक्क झस्काउदा
बेहोसिने नशाहरु,तान्छिन अरे अहिले,

दौलतको कसी लगाइ, चोखो माया पीरतीमा
धोखादिनु मन पर्ने खेल, मान्छिन अरे अहिले,

कलेजीलाई छिया-छीया, पारी नपुगेर
मेरै तस्बिर ताकी तिर, हान्छिन अरे अहिले!!!!!!!!!
चादी मिसाइ सुनको थालमा,खान्छिन अरे अहिले,!!!!!!!!!!

पिपलधारा १ उदिना गुल्मी
हाल -युएई दुबइ
उपाध्यक्ष;-अनेसास युएई
सम्योजक =लुम्बिनी वेल्फेयर सोसाइटी(सान्स्कृतिक बिभाग)युएई

No response to “असीम महत =गजल (भाबनाको अन्तरङग्मा डुबुल्की मार्दा)”