''देशको रक्षक तिमि, मधौरुको मलम..
अझैपनि सम्झनामा, उपहार यो कलम ..
मित्रसँग नौनी तिमि, दुश्मनलाई फलाम...
हृदय देखि तिमीलाई ,मेरो छड्के सलाम..''
परन्तु..लाहुरे दाइ !!
मनिरामको निमित्त जीवन च्याँखे थपेर ..
बेअर्थको लडाइमा बारुदको धेर छोएर ..
बन्धकी जीवनमा हर घडी रोएर ..
मलाइ माटोयुद्दको बासना आउदैछ
तर आमालाई बाटोयुद्द चाहिंदैछ ..
बिडम्बना बर्तमान रोई रहेको छ,,
सिर लज्जा ले झुक्छ यो बर्तमान देखेर
भविस्य अहिले छोडौ लाहुरे दाइ !!
अथावत स्थिति नै कोलहाल,बेहाल .
तिम्रा देश आज बेसुर अनि बेताल ..
केहि छेपारे राजनीतिज्ञहरुले ..
रंग फेरी-फेरी विकाशको बिरुवा काड्दा
म लगायत मेरा सहयात्रीहरुको मन फाट्दा ..
पालै-पालो कलमले झटारो हान्छौ..
तर खै टेरपुच्छर नलागेको ठान्छौ ...
अरुको कुरा छोड लाहुरे दाइ !!
तिम्रो बहिनीको इज्जतको टुङ्गो छैन यहाँ
कहिले लुट्छन् ,कहिले बेच्छन् ..
चेलीहरुको स्थाई घरको ढुंगो छैन यहाँ
कसरि र कहिले नाका कटाउँछन् ....
तिम्रै छोरो स्कूलबाट फर्कने-नफर्कने
तिम्रै श्रीमतिको चोलो कहिले सर्कने ..
कुनै ग्यारेन्टी ,कुनै आधार छैन यहाँ ...
त्येसैले लाहुरे दाइ !!
झटारो,गुलेली र घुयात्रोले गिद्दहरु न उड्ने भए अब
तिम्रो गुहारमा शरण माग्न आएको
कहिले खाडी तिर माग्दैछु..
कहिले युरोप तिर लाग्दैछु..
''मोही माग्नु ढुङ्ग्रो लुकाउनु" गर्दिन म
भगवानले नसुनुन् प्राथाना छोड्दिन म ..
छोडेर कारगिल हरु ,
भुलेर हरिया डलरहरु ..
आउ लाहुरे दाइ !! आमाको सेवा गरौ ..
धर्म नै होला,, मरे देशकै लागि मरौ..
जुन दिन देश नदुखी बाँचेको हुन्छ
म सम्झुला तिमि साच्चैको लाहुरे रहेछौ ..
तिमीलाई दिने गोल्ड मेडल त नहोला
विरचक्र,शैर्यचक्र .भिसिक्रस त नहोला ..
तर ,,त्यो दिन अजम्बरी अक्षरको माला उनेर ..
गलाभरी गर्व संगै नेपालीपनको दोसल्लाले ..
सम्मान गरौला "लाहुरे दाइ"'!!!!!
बिष्णु थापा पुलामी तनहुँ गण्डकी
No response to “लाहुरे {भाग २ }”
एक टिप्पणी भेजें