नरेश जी. सी. पिपलधारा
आज मलाई त्यो दैनिकि बिरुद्ध हुन मन लाग्यो
म आँफैसँग लडेर आज यो ब्यर्थको गोलार्धभित्र
समाहित हुन दिईरहेको छैन ।
मैले त मात्र समर्पण गरेको थिएँ
शरीर दुई भए पनि आत्मा एकै बनेर
जीवनका ओकाली,ओरालीहरु सगैँ हिडौँला भनि
चोखो कसम खाएको थिएँ
आस्था, भरोसा र त्यागको त्रिबेणीमा
मेरो वर्तमान र भबिष्यहरु बिना सम्झौता
तिम्रै नाममा जोडीदिएको थिएँ ।
अब ,
तिमी नै भन ,
तिमी प्रति निश्छल भावनामा समर्पित हुनु
र बदलामा पीडा मात्र पाउनु के मैले ठुलो भुल गरेँ र ?
मैले मेरो अस्तित्वलाई तिम्रो स्वाभिमानसँग स्वीकार गर्दा
कँही, कतै कमी देखियो र ?
आँखाहरुमा नकोरिएका सपनाहरु बुन्नु
अनी बाचा, बन्धनभित्र बाँधिने रहरहरुमा
तिम्रो स्वतन्त्रताको हनन पो गरे कि ?
तिम्रो लागि प्रेम सस्तो खेल भएछ भने
मलाई किन यति सार्हो महँगो र गर्हौ भईरहेछ ?
त्यसैले ,
आज यो मन कठोर भएर उभिएको छ र भन्दैछ,
भो अबदेखि तिमी मलाई बिथोल्न नआउ ।
चर्केको मुटुभित्र झन ब्यथा बढाउन नआउ ।
निर्जिव हुन लागेका भावनाहरु लाई
फेरी ठेस पुर्याउन नआउ ।
आशा र सपनाहरु भुलेको मान्छेलाई
ब्यर्थमा झस्काउन नआउ ।
नयाँ पाइलाहरुको शुरुवातमा तगारो बनि
मेरो जीवनमा तिमी भुलेर पनि नआउ ।।
No response to “आज मलाई त्यों दैनिक ”
एक टिप्पणी भेजें