गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गीत - नसम्झे नि खुसी छाउँदा

नसम्झे नि खुसी छाउँदा, सम्झनु है दुःख पर्दा
हिजो जस्तै भोली फेरी अँध्यारोमा तिमी हराउँदा ।

कर्कलाको पानी नहोस्, सुख कतै तिम्रो जीवनीमा
आँधीबेरी नआएस्, मेरो जस्तो तिम्रो जिन्दगीमा ।

एउटा थियो साथी हिजो, साथ दिने दुःखी हुँदा
बदलिएछ मनसँगै, साथ पनि मान्छे सुखी हुँदा।

यस्तै हुन्छ मान्छे, सुख भोग्न आकाश हेरी हिड्छ
सुखी बन्ने रहरमा, हाँसी हाँसी छाती टेकी हिड्छ ।

नसम्झे नि खुसी छाउँदा सम्झनु है दुःख पर्दा
हिजो जस्तै भोली फेरी अँध्यारोमा तिमी हराउँदा ।

Tulsiramkc
Isma rajasthal 3

No response to “गीत - नसम्झे नि खुसी छाउँदा”