गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गीत - निभ्न सकेनन् मुटुका ज्वाला

निभ्न सकेनन् मुटुका ज्वाला
यी आँखाका आँशुले,
निको पारेनन् कलेजीका घाउ
ति झूठा कसमले !

भैगो नसोध अब मलाई
सोधिहेर आफैलाई,
के देख्यौ तिमीले आफुभित्र अहिले
खोजिहेर आफैंलाई !

बाटा धेरै छन् जान्छन् कतै
अब फेरी नबिराउनु है,
जलेको यो मुटु यो जल्न देउ
आगो फेरि नलगाउनु है ।

पूजेको ढुंगो लत्याइ हिड्यौ
हेरिनौ फर्केर,
बेहोसीमा सायद कसम खायेथ्यौ
कसैलाई भाकेर !

निभ्न सकेनन् मुटुका ज्वाला
यी आँखाका आँशुले,
निको पारेनन् कलेजीका घाउ
ति झूठा कसमले !

TULSIRAMKC
Isma rajasthal 3

No response to “गीत - निभ्न सकेनन् मुटुका ज्वाला”