शालिकराम पन्थ
हे आमा आएँ म परदेशी ठाउँमा, फर्कन्छु छिट्टै भनेर ।
दिन रात रुदै बसी होलिन आमा मेरै दिन गनेर ।।
नहेर्नु आमा थोर्गा को डाँडामा, आयो कि छोरा भनी ।
म आउन पाउन्न यो दशै तिहार, नबस्नु दिन गनी ।।
भन्याथ्यौ आमा पुगेर ठाउँमा, चिट्ठी लेख्नु है घर ।
आउँदैनौ बाबु जबसम्म फर्केर, रुदै बस्नी हो अब ।।
साथी तिम्रा जम्मा भई, गाउँमै गर्छन् रमाइलो कती ।
तिमी अझै नि नआउने, तिमीले घरै भुलेको हो कि ।।
आउँछन रमाइला चाड पर्बहरु हुन्छ नराम्रो मन ।
लाग्दैन रमाइलो तिमी नहुँदा सम्झेर रात दिन ।।
सुक्यो ज्यान रुँदा रुँदा, चेहरा बदली गयो।
देशकै चिन्ताले यहाँ, आधा जिबन गै गयो ।।
दिगाम ६, गुल्मी नेपाल
हाल : अबुधाबी, यूएई
No response to “आमा !”
एक टिप्पणी भेजें