गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तिमीले मलाई बुझेनौ त के भो

Ghazal
Madan.k.c.

तिमीले मलाई बुझेनौ त के भो
रुझेका परेली पुछेनौ त के भो
लगाएर पानी गरेँ गोडमेल
नफुल्ने रहेछौ फुलेनौ त के भो
सहेकै छु आफ्ना सबै चोट आफैँ
म दुख्दा तिमी चैँ दुखेनौ त के भो
म यात्री अरू खोज गर्ने छु फेरि
तिमी साथसाथै हिँडेनौ त के भो

No response to “तिमीले मलाई बुझेनौ त के भो”