गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

बाँच्नुभन्दा त त्यो मरोस् भन्छौ रे तिमी।।

Rishi Ram Panthi
जिउँदै चितामा त्यो परोस् भन्छौ रे तिमी।।

बाँच्नुभन्दा त त्यो मरोस् भन्छौ रे तिमी।।



के शन्देश छ उसलाई लगिदिन्छु भन्दा,

तारे भीरबाट त्यो झरोस् भन्छौ रे तिमी।।



उसलाई बचाउ ज्यान जोखीममा छ भन्दा,

दनदन आगोमा त्यो जलोस् भन्छौ रे तिमी।।



सिकिस्त छ कुनै औषधिमुलो लागेन भन्दा,

निकै नहुने रोग सरोस् भन्छौ रे तिमी।।



हरेकपल तिम्रो प्रेममा उ तड्पिरहेको छ भन्दा,

पीरैपीरले जीन्दगी चलोस् भन्छौ रे तिमी।।



आखिर किन मायाप्रितिको महल बनायौ भन्दा,

नराम्रो सपना थियो त्यो ढलोस् भन्छौ रे तिमी।।



उ यति विवश,लाचार र असहाय छ भन्दा,

दैबले पनि आँखा छलोस् भन्छौ रे तिमी।।

Rishi Ram Panthi

Motipur -5 Kapilvastu
Hal -Dubai



No response to “बाँच्नुभन्दा त त्यो मरोस् भन्छौ रे तिमी।।”