गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

" गरीबी "

तुलसी राम के सी
गरीब शब्द भीत्र एक्चोटी पसी हेर त
कती अपूर्ण छ यो शब्द
फगत रीतो र पूर्णत: खाली छ यो शब्द
गहीराईको सीमा त कती अग्लो छ कुन्नी?
तर उचाईबाट नजर लगाउनेहरु
यसको सताह देख्न सक्तैनन्
बीचरा गरीबीको फन्दा भित्र फसीनेह्रु
आफुलाई खाइ कसरी सफल देख्न सक्लान र ?
भोक, रोग र शोक यी पानी त शब्दहरु हुन्
अकालका ती घडीहरु
अनीकालका ती भोकमरीहरु
शोकाकुल ती परीस्तीथीहरु
बधा, अडच्न र ब्यवधानहरु
अरु अनगीन्ती अश्लीलतहरु
जो कोही पनी भुक्तभोगी हुनसक्छ
पूर्णता:को त्यहाँ पक्कै कमी हुन सक्छ
हुनसक्छ जमानाले काँचुली फेरेजस्तै
मान्छेले कुनै ढवाङ् बुनेको हुन सक्छ
ऊ आफुले आफुलाई कहीं कतै लुकएको हुन सक्छ
अथवा कहीं कतै उस्को मन चीढिएको हुन सक्छ
प्रतीस्पर्धाको लडाईंम ऊ पानी फेल खाएको हुन सक्छ
छोटो जीन्दगिको एउटा स्यनो पल भीत्र
गरीबी शब्द नीशास्सीएर बसेको छ
मन अपुर्ण छ, चाहना अपूर्ण छ
अपुर्णै अपूर्णतको भन्डार भीत्र गरीबी छ
पीउनु भीत्र गरीबी छ
जीउनु भीत्र गरीबी छ
गरीबी पैसा होइन, गरीबी मन छ
धन् त हातको मैल होइन र ?
धनको रवफम यहाँँ गरीबी पलेको छ
पैसा भीत्र पनी गरीबी जमेको छ


लेखक -  
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान tulsiramkc@gmail.com