गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

सारथी चाहिएको छ

धाँजा फाटेको विस्वासलाई जोड़नु छ,
लथालिंग विमतिहरूलाई सिमल्नु छ
हेर्दा हेर्दै लौ ! अर्को सुनामी पो आयो,
वीर योद्दा भएर जुध्नु छ
अर्को महाभारतको युद्द लड़नु छ,
त्यसैले हामीलाई कृष्णावतारको
सारथी चाहिएको छ
हाम्रो वरिपरि शोकाकुल र काकाकुलहरु
झ्याउकिरिझै कराइरहेका छन,
निस्पट अध्यारोको साम्राज्य छ,
सिउडीघारी नजिकै स्याल
कराइरहेका छन,
मशानघाट नजिकै घाटेबैद्यहरु
नेपालको नक्शा हेर्दै छन,
बिजुली चम्केको उज्यालोमा
छरपष्ट जुत्ता चप्पल देखिन्छ
बीडी चुरोटको झगडामा
बन्दूक पडकिन्छ,
बाटो हिडेको निउमा
छुरा धसिन्छ
आईमाई केटाकेटीको चीत्कारसगै
गाऊ सुत्छ,
लुटीएको सामान गन्दै
टोल उठ्छ
ओहो ! भयंकर गड़बड़ भएको छ
हामीलाई एउटा ननिभ्ने उज्यालो
चाहिएको छ
मन, वचन र कर्ममा बल्ने,
प्रेतात्मालाई नांगेझार पार्ने,
एउटा सुनौलो उज्यालो
एउटा कृष्णवतारको सारथी
चाहिएको छ !!
बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल 
मोब +९७७.९७४७०२७८९८ 
हाल.............सूर्या रोशनी ली फरीदाबाद (हरियाणा)
मोब +९१.९७१६३१६०४९ & +९१.९४१६०८८२४३ 

No response to “सारथी चाहिएको छ”