गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल

  रुपको पनि हिजो आज अत्याचार हुन थाल्यो ,
> त्यहि रुपले कयौं दिल गिरफ्तार हुन थाल्यो ।
>
> बाँधेर पो राख्नु कि, छोपि राख्नु कहिं कतै,
> मन चोरी किन अचेल बारम्बार हुन थाल्यो ।
>
> फलाम काट्ने करौतीले, मुटु काट्दो रैछ रुपले,
> अलिकति कहाँ हो र, छाति वारपार हुन थाल्यो ।
>
>
> दुईटा आँखा मेरा लागि एउटै वाँणका तिर भए,
> घाईते मन आफ्नै सामु लम्पसार हुन थाल्यो ।
>
> Rishi Ram Panthi
> Pipaldhara -5 Gulmi
> hal Dubai