गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

असीम महत-तीजको गीत=सम्पूर्ण देश तथा बिदेशमा रहने नेपाली दिदी बहिनी,दाजु भाईमा समर्पित(लय-तीजको गीत- नीर जाले हो मा आधारीत)


अभागी कर्म, चर्किन्छ मर्म,(पर्देशी हुनाले, नीर जाले हो पर्देसी हुनाले)2
तीजको रमझम,दिदी र बहिनी,(सम्झेर रुनाले,नीर जाले हो सम्झेर रुनाले)3

नरुनु दिदी, नरुनु बहिनी,( गाउ बेशी मेलैमा, नीर जाले हो गाउ बेशी मेलैमा)2
अहिलेनी फेरी, पाइेएन भेट्न,( तीजको बेलैमा,नीर जाले हो तीजको बेलैमा )3

नहेर्नु बाटो, भाई आउछ भनी,( दिनभरी टोलाउदै नीर जाले हो दिनभरी टोलाउदै)2
बाचियो भने, अर्को साल लिन,(आउछ नी बोलाँउदै नीर जाले हो आउछ नी बोलाँउदै)3

जन्मेको धर्ती, लुछा र चुडी,( गाइजात्रा भइराछ नीर जाले हो गाईजात्रा भईराछ)2
मुखले हासे, गाएनी नाचे,( मन हाम्रो रोइराछ नीर जाले हो मन हाम्रो रोइराछ)3

संसारै भरी, जहभएपनी, (गर्नलाई सामना नीर जाले हो गर्नलाई सामना)2
अहिलेको तीजले, दियोस है शक्ती,(यही शुभ-कामना नीर जाले हो यही शुभ-कामना)3

No response to “असीम महत-तीजको गीत=सम्पूर्ण देश तथा बिदेशमा रहने नेपाली दिदी बहिनी,दाजु भाईमा समर्पित(लय-तीजको गीत- नीर जाले हो मा आधारीत)”