गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

दुख्छ मुटु पोल्छ छाती निन्द्रै लाग्दैन

सम्झिएर आफ्नै घरगाँउ,पाखा पखेरु
सम्झी उनै जीवनसाथी निन्द्रा लाग्दैन
आउछ झल्को बिताएका ती पलहरुको
राखेको शिर् काखमाथी निन्द्रा लाग्दैन
कहाँ के गर्दै होलिन्,के खाँदै होलिन्?
मनमा पिर नानाभाती निन्द्रा लाग्दैन
भाकाल् राखी देउरालीमा चढाएका थ्यौ
सम्झन्छु त्यै फूलपाती निन्द्रा लाग्दैन
तड्पिएर हर् दिन राती निन्द्रै लाग्दैन
दुख्छ मुटु पोल्छ छाती निन्द्रा लाग्दैन


Madan k.c.
Dhurkot Rajasthal -2
Dhura Dharapani
Gulmi Nepal
Now in india

No response to “दुख्छ मुटु पोल्छ छाती निन्द्रै लाग्दैन”