गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

खोल्साहरू

प्रकृतिबाटै असमानता
भोग्दै हुर्किएका खोल्साहरू !
घामको खोजीमा
अब अग्ला-अग्ला चुचुरातिर मन र आस्था लिएर हिन्दैछन्
खोल्साहरूले थाहा पाए
उनिहरू स्थिर रहनुँको पिडा
उनीहरू सँधै अँध्यारो हुनुको पिडा ।
उज्यालोको खोजीमा आन्दोलित हुनँ चाहन्छन् मनहरू !
उकासिन चाहन्छन् तिनका धरातलहरू !
त्यसैले त अचेल
खोल्साहरूमा पनि फाटफुट राती राँके जुलुस देख्न सकिन्छ
स्वाभाविक छ खोल्साका आन्दोलनहरू !
उनीहरू पनि यहि धरतीका जीवाणुहरू हुन्
उनीहरूलाई पनि घाम चाहिन्छ
कठ्याँग्रिदा ताप्ने न्यानो चाहिन्छ
मेरो सलाम छ
यी खोल्साका चेतनाहरूहरूलाई !
अब खोल्साहरूले एक भएर
पृथ्वीको गर्भको चट्टानिय प्लेट
हल्लाउँनु पर्छ ज्वालामुखी भएर
र अनि खोल्सा पनि डाँडा बन्न सक्नेछ
यसको लागी म पनि तयार छु
अँध्यारोमा चिराग सल्काउँन ।

बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब.००९७७.९७४७०२७८९८
हाल.............. सूर्या रोशनी ली. (शाखा कार्यालय)
फरीदाबाद हरियाणा (भारत )
मो.००९१.९७१६३१६०४९

No response to “खोल्साहरू”