गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गजल - " तिम्रो त्यो ओठ हरु मा हाँसो छरि दिन्छु म त"


तिम्रो त्यो ओठ हरु मा हाँसो छरि दिन्छु म त
खाली त्यो सिउँदो मा सिन्दुर भरि दिन्छु म त

भोली को के थाहा छ र को कसको हुन्छ भनि
पर्छ भनि मैले तिम्रो सेवा गरि दिन्छु म त

आनाकानी गर्छु किन नबोलेर सधै तिमी
यदि हुन्छ भने तिम्रै भर परि दिन्छु म त

दुई मन मिल्छ भने अरुको के लाग्छ यहाँ
तिम्रै घर छेउछाउ बास सारि दिन्छु म त

सपनी मा तिमी देख्छु सधैं तिम्रै बारे सोच्छु
साँच्चै साथ दिन्नौ भने आजै मरि दिन्छु म त

रामप्रसाद
मलेसिया

No response to “गजल - " तिम्रो त्यो ओठ हरु मा हाँसो छरि दिन्छु म त"”