आवाज प्रष्ट नहुदा कतिपयले जड्याहा भनॆ ! फोनबाट कुरा गर्दा फोनै नसुनी राखिदिन्थेमेरा वारेमा कसैले लेखिदिएन । यो एक अपाङ पत्रकार घतलाग्दो मार्मीक वेदना हो । २०६५ असोज महिनामा दुर्घटनामा परि घाइते भएका पत्रकार भवानी ऐर हिजोआज अपाङताको जीवन विताउन विवश भएका छन् । पश्चिम सेती परियोजनाको रिपोटिङ्गको लागि डोटी थिए डोटी बाट डडेल्धुरा फर्कने क्रममा डोटीकै गोवीघाटमा उनले हाकेको मोटर वाइक एक्कासी से१ज ३०२ नम्बरको जिप सँग जुध्न जादा उनी नराम्ररी घाइते भएका थिए । त्यसपछी सुरु भए पत्रकार ऐरका काहालीलाग्दा दिनहरु । मिरमिरे घाम थियो डाँडाँमाथी । सधैजसो अरुका समाचार लेख्ने पत्रकार त्यो दिन आफै समाचार बने । रिपोटिङ्ग गर्दै थिए जनताका दुःखलाई जस्ताको त्यस्तै अधिकारवाला सँग पुर् यादिन पछि नहट्ने जात भन्नु पर्छ पत्रकारलाई । त्यसै गरी लागि परेका थिए जसरी पत्रकारले धर्म निभाउनु पथ्र्यो । नजिकै डाडामा सुर्य अस्ताएपछिको घाममा उनी अचेत अवस्थामानै रहे । घरमा छेारी बाबा फर्किदा सधै बाबाको काखमा रमाउने मुनाले त्यो दिन डडेल्धुरा अस्पतालमा भेट्नुपर् यो । भोलीको गोरखापत्रमा प्रकासित गर्न ल्याएको समाचार हरायो । दोश्रो दिनको गोर्खापत्रमा समाचार त प्रकाशित भयो तर पश्चिम सेतीको नभएर पत्रकार ऐरी दुर्घटनामा परी घाइते भएको । पत्रकारीता गर्नेले जहीले पनि मोडमा हीडनुपर्छ र जोगीनुपर्छ तर उनीत पहाडी जील्लामा रीपोटीङ्ग गर्थे र अप्ठ्यारोथीयो जीवन धान्नकोलागी । राज्यको चौथोअंग पनि भन्छन् पत्रकारिता र पत्रकारलाई । ब्यवसायीक पत्रकारीता गर्दा कती हण्डर खानुपर्छ त्यो त शिष्ट र बिशिष्ट पत्रकारलाई थाहा भन्छन् उनी । गोरखाकर्मीले सहयोगकोलागी हात थाप्नूपर् यो । धेरै संघ संस्थाले सहयोग गरे सम्पूर्ण मिडीया पत्रकार माहासंघ सहयोगमा जुटे नेपाल सरकारले ३ लाख सहयोग दिने निर्णय गर् यो । राजनीतिककर्मीले डेड लाख मात्र दीयो । उनी भन्छन् मैले पाएको सहयोगमा राजनीतिकरण भयो । २२ लाख खर्च गरिसक्दा उनको शारिरिक अवस्था निको हुनुको सट्टा झन वढ्दै गईरहेको छ । डाक्टरले अझै ५ लाख लाग्ने वताएको उनी वताउछन् । हाल पत्रकार ऐर काचनपुरमा रहेको एन एन एस डब्ल्यू ए को फिजियोथेरापी कक्षामा
उनलाइ त्यही चोटको कारण प्यारालाइसिस भएको हो । टाउकोमा गम्भिर चोट लागेको छ । टाउकोको १० नम्बर नसा दबिएको छ । दाँयातीर चोट भएर पो वाँया भाग नचल्ने भएको छ। सुदूरपश्चिमका पत्रकार सहयोगको आसमा सरकारले कत्ति पनि सहयोग नगरेको जस्तो । तिनै पत्रकार हुन् गाँउ वेसीमा खवर बुझ्न जाने । उनै पत्रकार अस्पतालको वेडमा पल्टिरहेछन् । आफ्नो पेसाबाट चटक्कै हात काटियो । आफ्नो कलम थचक्क रोक्यो । भावनाले बसाई त्यती लामो त भएन छोटो बसाईमा भक्कानो छाड्न सम्म छाड्यो । उनले भनेको कुरा घतलाग्दा थिए । उनी भन्छन् जीवन धान्न कत्ति गाह्रो पर्छ मैले धेरै भन्नु छैन ठुला पत्रकार पनि देखेको छुं मालिक पत्रकार सँग पनि बसेको छुं । दिनभरी श्रम ऐनको क्ररा गर्ने राती श्रम मिच्ने । कतिपय पत्रकार आफ्नै आँखा अगाडी आउदा मानव धर्ममा बाँधिन्थे भन्दै थिए । उनको अवस्थावारे कसैले कलम नचलाएको गुनासो गरे । उनी आफुसंग आएकाहरुलाई भन्छन् कहिलेकांही भेट्न त आउनु है । मत कहिले सम्म यो वेडमा बस्नु पर्छ । शुदुरपश्चिमका पत्रकार जागरुक छन् मिहिनेती छन् । पत्रकार भवानी ऐर सहयोगकै आशामा छन् । उनले आफू राम्रो भए पत्रकारितामा फर्कने बताएपनि उनको शारिरिक अवस्था दिनानुदिन विग्रदै गएको छ । उनी क्रमन्तिकारी पत्रकार संघ डडेल्धुराका संयोजक समेत हुन् ।
Madan k।c।
Now In India Haryana
No response to “एक अपाङ पत्रकारको घतलाग्दो मार्मीक वेदना”
एक टिप्पणी भेजें