गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

बेलाबखतका मुस्कानहरु

· फुर्सदले पढ
· लेकमा विहान
· प्रेमको पहिलो उच्छ्वासमा
· आत्म-कथा
· धर्तीको वरदान पाएको जीवन अभिशाप भइरहेछ
· रातको बत्तिप्रति
· दृश्य: परिवतॅनको चाहनामा
· माया र घृणा
· साकार मेरो सपना
· पखॉलभित्रको जीवन
· अनौठो नाता
· हाँस्न देऊ त्यसलाई
· मेरी धर्तीलाई
· सपनाका फूलहरु
· जीन्दगी सार्हो छ
· स्नेह रित्तेका आँखाहरु
· स्पष्टीकरण चाहियो
· बाँच्न बिर्सेर पनि सोच्नु पर्छ
· तिम्रो शुभकामना बोकेको पोष्टकार्ड
· उदास अनुहारको सम्झना आउँदा
· प्रतिश्पर्धा: एक चिन्तन
· धर्ती – प्रेम
· ती आँखाहरु खोइ ?
· मेरो जीवन
· उसले मलाई देखेन
· आफैँलाई सम्झिँदा
· सूचना नं. २७।९।०५०
· उनीहरुको मायालाई सम्झेर
· प्रतिज्ञा
· तिमी र म
· ज्वरो आएको दिन
· पल्लो घरको झ्याल
· झ्यालमा बसेकी युवती
· धेरै दिनपछि
· “कृष्णबहादुर क्षेत्री” (सेल्फ पोर्ट्रेट)
· मनका कुराहरु
· कविता यात्रामा (तीन प्रसंग)
· फेरि पनि माया
· बूढो साथी
· जीन्दगीको गाईजात्रा र काठमाडौं शहर
· बाँच्न सिक
· म किन लेख्छु ?
· ................. मात्र तिमीलाई
· त्यो दिन र तिम्रो सम्झनामा
· सहानुभूति
· अचम्मको माया
· त्यो दिन फर्केर फेरि आएन
· मेरा सम्भावनाहरुले आत्महत्या गरे
· केही तिम्रा: केही मेरा
· कस्तो हुन्थ्यो होला !
· विगतको नाममा वर्तमान एउटा सम्झौता- पत्र
· तिमीले बिर्सेको साँच्चै हो त !
· भाउजू, म तपाईँको स्नेहको छहारीमा आउँदै छु
· साथी २०५० प्रति
· यो दिल कसैको यादमा रोयो
· म फेरि जन्मेर आउँला

फुर्सदले पढ

पढ्ने कुराहरु धेरै छन्
के पढ्ने भनेर
गलफत्ती गर्ने बेला अब छैन
हिच्किचाहटमा होइन
न मनको एक झर आवेशमा
फुर्सदने पढ
पढ्ने कुराहरु बाङ्गाटिङ्गा छन्

राम्रो- नराम्रो दुबै पढनु पर्छ
नराम्रोलाई पढेर राम्रोको मूल्य जान्नु पर्छ
हतारमा होइन
न समय चिप्लेला कि भन्ने डरमा
समयको त कहिल्यै बचत हुंदैन
नबितोस् भन्दा पनि बितिजान्छ
त्यसैले फुर्सदले पढ

पढने कुराहरु गज्याङमज्याङ लाग्लान्
टाउकोको गुदी खान आउलान्
सम्हालिएर होसियार भएर
फुर्सदले पढ
पढ्ने कुराहरु गनिनसक्नु छन्
विस्तारै पढ
धेरै बुझेर पढ
यहां बुझ्नु पर्ने कुराहरु थुप्रै छन्
तर बुझाउनु पर्ने कुराहरु केही पनि छैनन्
त्यसैले, फुर्सदले पढ

लेकमा विहान

शीतमा नुहाएर भर्खरै
घाम ताप्न लागेकी लालीगुराँस
पहाडी खोलामा निहुरेर
आफ्नो सुन्दरता हेर्न हतारिन्छे

प्रेमको पहिलो उच्छ्वासमा

“कविता दिने हैन ?
- कविता दिइसकें मैले, आफ्नो साथीलाई ।”

सताउला भनी धेरै-धरै
केही क्षणको बिछोडने जीवनमा
दिन्छिन् उनी मधुर कल्पना
सम्झना सांच्न र बांच्न कवितामा

स्वच्छन्द कविको एउटा फुक्का सोधाइमा
सधैलाई उनीले कविता समर्पण गरेकी छिन्
हरेक समय उठ्दछ कविता बनी
गाउंदै कविता कवि संगीत भरिरहेछन्



आत्म- कथा

जीवन-खेल मैदानको
म एउटा सहभागी
चढ्दैछ नशा ममा खेलको
विविधतामय यो जीन्दगी

कैले फुट्ला जस्तो हुन्छ टाउको
कैले चर्केला जस्तो हुन्छ छाती
देख्न्नु के छ ? रुने र हांस्नेको झगडा
लाग्न थाल्छ कलिलो मगजमा प्रश्नको तांती

दूर-यात्राबाट थुप्रै घुम्ती छोडेर
आएको थिएँ यहां सपना रोप्न
गुम्सेका हावामा सास अड्किंदो रहेछ
पाईरहेछु कहां ? आज आफ्नै विपना देख्र्न

हिंड्छु कतै पुग्ने ठाउं छैन
बस्छु रत्तिभर आराम छैन
खलबल खलबल यो विश्व खलबल
आउला के ? कुवाको जीवनमा उथलपुथल

भ्रममा बाँच्दा जीवन फंस्यो
राम्रो छ भन्ने भ्रम फेरि नलिऊं
अनमोल थियो हिजोको समय
जो बित्यो, खुशी आज कहां पाऊँ ?

धर्तीको वरदान पाएको जीवन अभिशाप भईरहेछ

भित्र बस्छु-­­
ठिहिर्याउंछ आफ्नो वास्तविकता
बाहिर निस्कन्छु-
पोल्छ समयको अजेय असमानता

बिउँझेर पनि आफूलाई
मस्त निदाईरहेको अवस्थामा पाउँदा
लाग्छ –
कहिल्यै जागा नहुने
निद्रामा मस्त म महाकुम्भकर्ण बनूँ
ताकि चेतनशील हुनुको बाध्यतामा
आफ्नै आकांक्षाहरुको प्रहार सहन नपरोस्
समानताको खोजमा आफ्नो स्तर
गल्लीको भुस्याहा कुकुरको तहमा
रुपान्तरित भएको सत्यता हेर्न नपरोस्

मानवीय स्वभावको विपरित
किन-किन अचेल
मायामा पनि अर्थ खोज्न मन लाग्छ
स्वार्थ पो टांस्सिएको छ कि भनी
माया कोट्ट्याई हेर्न मन लाग्छ
कसैबाट विश्वास पाए
अनायासै नाकले अविश्वासको गन्ध खोज्न थाल्छ
सोझो बाटोको मार्ग – दर्शन पाए
अनेकौं डरलाग्दा दुश्चिन्ताले डांवाडोल भएर
पाइला जञ्जालपूर्ण बाटोमा बढ्न थाल्छ
यो चलिआएको खराब संस्कार होइन
आजको हावामा मिस्सिएको स्वार्थपरक परिवर्तनको चमत्कर हो
समयले सिर्जेको यस्तो दुर्भेद्य दुरावस्थामा
आफू चक्रव्यूहभित्र परेको भान हुन्छ
समयको जटिलतामा आज
धर्तीको वरदान पाएको जीवन
अभिशाप भईरहेछ
यस्तो नबांच्नु बांच्नु परेपछि
आफ्नै जीवन खरानीको थुप्रो लागिरहेछ
आफैंभित्र आर्यघाटको चीता गन्हाईरहेछ ।

रातको बत्तीप्रति
रातको बत्ती ! निभ्नु हुँदैन
निरन्तर बलिरहू अँध्यारोमा
आफ्ना ज्योतिमय आँखा खोल
बस तिमी रातको पहरामा

तिमीले हेर्दा रातलाई
हामी धर्तीलाई देख्न सक्छौं
तिमी तेजिलो बनिरहे
हामी माटोलाई चुम्न सक्छौं

दृश्य: परिवर्तनको चाहनामा
देखें त्यहां एउटा लामो धर्को
बर्को ओढ्नेहरुको लर्को
मलाई लाग्यो उनीलाई नदेख्दा झर्को
मैले हेर्न चाहें दृश्य अर्को

माघको महिना मध्यतिर
तुषारोको छ चीसो ज्यास्ती
कंमाउंदै छ मुटु लग्लग् बिहानको जाडो
पर्खिरहेछु म उनीलाई मानेर यही मस्ती

बाटुलो मुख जूनको रुप
मुस्कान अदभूत लिई आएको देखिन
दिन-रात सधै मनले पुज्ने
ती बाहेक अर्की संसारमै भेटिन

माया र घृणा
मेरो बस्तीमा माया छ
मेरो बस्तीमा घृणा छ
यो संसार मेरो आंखाको
माया र घृणामै अडेको छ

माया मात्र पाएर
गर्नु के ?
बाँच्न घृणा पनि चाहिन्छ
माया र घृणाको सन्तुलनमा नै
जीवन- जगत् राम्ररी बुझ्न पाईन्छ

साकार मेरो सपना

बिहान भएपछि तिमीसंग
भेटेर कुरा गरुंला भन्ने
मेरो रातभरिको सपना थियो
ऐले तिमीलाई भेट्दा
मेरा आंखाले निद्रा त्यागे
म अब मुक्त भऐं
निद्राको बोझिलो बन्धनबाट
अब म तिमीलाई नै भेटिरहेछु
आंखाभरि सौन्दर्य तिमी छौ

लाजले हो कि मायाले
वा हो हृदय जोडिएर
म आंखाले बोलिरहेछु तिमीसँग
ए हावा ! सर्सर नगर्
नछोडेस है निश्वास आँधी अब
ए दिन ! अँध्यारो नछर्
नबोलाएस् है रात अब
हृदयको चाहना मेरो
वासन्ती फूलको मुस्कान जितिरहिछिन्
तपस्यामा लीन ऋषि के भए हुन्
जगको कल्याण सारा म तिमीमै पाईरहेछु
संसारमा तिम्रो र मेरो भेट नै सृजना नौलो
तिमी र ममै विश्व विशालतम् पाईरहेछु

No response to “बेलाबखतका मुस्कानहरु”