एकल यात्री चिसो हावामा तिमीले न्यानो घाम खोज्यौ
रातको अँध्यारोमा तिमीले उज्यालो बिहानी रोज्यौ !
तिमीले खोजेको घाम हूँ म !तिमीले रोजेको बिहानी हूँ म ।
सुख्खा मरूभूमिमा तिमीले रंगीचंगीफूल चाह्यौ !
शिशिरको जाडोमा तिमीले सुन्दर वसन्त माग्यौ!
तिमीले चाहेको फूल हूँ म तिमीले मागेको वसन्त हूँ म ।
From: Madan k.c.
No response to “एकल यात्री”
एक टिप्पणी भेजें