गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तिम्रो समाज ले हेर्ने दृस्टीकोण '' ( साहित्य अनुभूति )

मेरो समाज लाइ तिमि र तिम्रो समाज ले हेर्ने दृस्टीकोण '' ( साहित्य अनुभूति )

आज कता कता आफ्नो लाहुरे जिबन धकली रहेको झन्डै १० वर्ष को उकाली लागि सके को रहे छ , एसो बसेर आज लाहुरे जिबन का उतार चाडब को दैनिक डाइरि खोलेर हेर्दै थिए , टवाक्क आखा अडियो अतित को पाना मा .....ए मत तेहा बाट आको कर .. अनि आफुलाई एक पटक तल बाट माथि सम्म नियाल्दै थिए अनि म बसेको घुम्नी चियर , मेरो आगाडी को टेबल तेस्मा कम्पुटर , टेलिफोन , पेन स्टेन जसमा थुप्रै कलर का पेन हरु थिए तेती मात्र कहाँ होर गर्मी कै मौसम मा पनि कोट , घाटी म़ा टाई झुण्डीएको थियो ए.सी. चलिरहे को थियो मलाई झसङ्ग निद्रा बाट बिउझिय जस्तो अनुभूति भयो , जहाँ म लाहुरे बन्न आउदा फाटेको हाप पेन्ट , टिसट , अनि समस्या हि समस्या ले भरियको कुम्लो काध म़ा बोकेर नेपाल बडर पार गरि सबै भन्दा पहिलो उद्स्य तल्ला घरे साईल दाई संग बाट लियको ५००/- भारु गाडी भाडा फिर्ता गर्ने उदस्य बोकेर आफ्नै रफ्तार हिडिरहे.को थिय अनि कता कता हिन्दी मा मैले न बुझ्ने भाषा मा '' दिल्ली के लिया गाडी तयार हे '' बेईठो बहादुर ' बहादुर सब्द सुनी सके पछी अत्यन्त हर्सित भय किन कि कक्ष्या - ५ को किताब पढेको थिय हाम्रा भिम सेन थापा , बलभद्र कुँवर जस्ता नेपाली बहादुर हरु को इतिहास , अनि सोचे ओ ... लाहुर जाने हरु त बहादुर पो हुदोरहेछन ,कत्ति महान काम उ तल्ला घरे साईल दाई कहिलेइ पनि लाहुर आयानन तेसैले उनि बहादुर बन्न सकेकन तर मत उनी संग ऋण लियर बहादुर बन्ने भय .. मन मनै आफ्नै समाज मा रमाई रहे को थिय घर मा ती बुढी आमा लाइ एक्लै छोडेर आको पनि मलाइ सम्झना आइरहे को थियन .. मन भरि एउटइ कुरा खेली रहे को थियो कत्ति बेला दिल्ली आउला अनि म तेहा मेरो मन ले चाहे जति का काम हरु गरु ला भनेर .सोच्दै थिय . केटा केटि नै थिय भुसुक्क निदाई हाले छु अनि अर्को दिन मेरो बस को शीट मै बसेका दाजु ले ए बाबु दिल्ली त आयो ल उत्र अब तिमि केके पाउछौ अनि तिमि आज बाट लाहुरे भय का छौ उनि ठट्टा गर्दै म संग भने तर म उनको ठट्टा लाइ सत्यता हो भन्ने बुजी रहेको थिय ..न भन्दै हामी मेरो अंकल ले लिय को भाडा को घर म़ा पुगेउ .तेहा थुप्रै गाउ घर का दाजु भाइ हरु बस्दो रहे छन् सबै ले एक एक टाबल कम्मर बेर का अनि सेतो गन्जी पनि कालो भैसके को लगाएका , एउटइ कोठा म़ा ७/८ जना को संख्या म़ा बस्दो रहेछन अनि तेस्मा सुत्ने लुगा पनि अत्यन्त फोहरा कता कता सोच्न थाले अरे साथी हरु त घर म़ा जादा अत्यन्त सफा कपडा , जुल्पी पालेर , नया बुट कसेर जानुहुन्छ तर यहा किन यसरी दु:ख पायर बसेको होलान त ? अब बिस्तारै बिस्तारै म प्रति संका उप संका ले घेर्न थाली सके को थिय गाऊ घर को सम्झना पनि दिन प्रति दिन बढ्दै गइ रहे को थिय अनि जुन बहादुर बन्ने सपना थियो तेस को लागि पनि धेरै दिन काम ( जागिर ) फेला पार्न सकिन .. बिस्तारै बिस्तारै म म़ा हिंता हुन सुरु गरे को थियो अनि न भन्दै एक जना दाजु को फोन आयो उसको मालिक लाइ काम गर्ने केटा चाहियको छ भनेर .. अनि खुसि लगेओ काम पाइनि भो भनेर ..हत पट गरि काम म़ा जाने निधो गरि हाले र मलाइ उ दाई ले लगेर गयो आफ्नो मालिक को म़ा गयर नमस्ते गर्न भनि सिकाय को थिय दाई ले साहब लाइ नमस्ते गरे अनि साहब ले भने छ रे ''बहुत बढिया हे '' साहब ले काम म़ा राख्ने निधो गरे छ अनि रु . ४००/- ( भारु ) म़ा काम म़ा लगियो अनि तिहार को बेला थियो लाहुर म़ा खाना भन्दा बढी मिठाई हरु खादो रहे छन् अनि मलाइ पनि मिठाइ खाना दियो .. खुसि लागेओ मिठो खाना पनि पाइदो रहे छ अनि पैसा पनि .. अनि हाम्रो सम्झौता अनुसार मलाई काम गर्ने आदेस दियो भाषा न बुझे पनि कित्चन म़ा इसारा गरि सके पछी बुझी हाले .... जो काम मैले कहिल्ले गरे को थियन ..सुरु गरे काम गर्न अनि कता कता साहब ले बोलायाको सुने बहादुर मेरो रूम म़ा सफाई गर्दे अनि ............................ सबै काम बाथरुम देखि लियर सफाई गर्ने सम्म सबै काम गर्ने आदेस दियो र म़ काम गर्न सुरु गरे निरन्तर केहि दिन तेसरी नै बितेओ र उसले प्रतेक सब्द म़ा बाहादुर र गोर्खे भन्न सुरु गरेओ अनि मैले आफुलाई सोचे र हाम्रा महान अग्रज हरु को इतिहास पढे .. उहा हरु लाइ किन बहादुर भनेको ? अनि यहा को मान्छे ले बहादुर , गोर्खे र कान्छा भन्ने सब्द त उनि हरु गाली गर्ने सब्द पो रहे छ तर मत बहादुर भन्ने त हाम्रा महान अग्रज हरु ले महान काम गरे र पायको उपाधि हो र म़ पनि तेही काम न गरे पनि बहादुर मलाई भनि सके पछि मैले पनि पक्कै पनि केहि राम्रो काम त ग्रछु होला ............तर तेसो भयन मलाई प्रतेक क्षण गाली का रुप म़ा बहादुर भन्न खोजियो . मेरो देस को नाम नेपाल लाइ गाली को सब्द को रुप म़ा नेपाली भनेर पुकार न थालियो मेरो सगरमाथा लाइ मेरो हो भनेर चिचचाउन थालियो मेरो गौतम बुद्ध लाइ भारतीय हो भनेर जितन खोजियो .. मेरा नेपाली दाजु भाई लाइ अपमान गरे र बहादुर , गोर्खे कान्छा भन्न खोजियो ...............तर म निरन्तर लडी रहे बहादुर , गोर्खे कुनै गाली गर्ने सब्द होइन यो त हाम्रो महान अग्रज हरु को बलिदान को उपहार हो , मेरो देस नेपाल कुनै गाली गर्ने सब्द होइन यो त बिस्व इतिहास म़ा कसै संग नझुक्ने अनि हिमाल तराई पहाड लाइ समेट्दै बिर हरु को देस हो नेपाल , सगरमाथा तिमि जति चिच्या पनि सगरमाथा हाम्रो मुटु हो जो तिमि कहिल्ले पनि आफ्नो बनाउन सक्दैनौ . अनि तिमि भन्छौ गौतम बुद्ध भारतीय हुन् आज लाखाओ गरिब हरु तिम्रो देस म़ा भोकमरी ले मारी रहे का छन् ती गरिब हरु लाइ किन भारतीय नागरिक हुन् भनेर खाना खुवाउन सक्तैनै ? अनि हाम्रा सन्तिपथ गीतम बुद्ध लाइ किन भारतीय नागरिक ? फेरी झसङ्ग अतित को पाना बाट बाहिर निक्लिय र आफ्नो संसार म़ा पुन फर्किय र अगाडी हेरे पुन उही कम्पुटर इत्यादी फेला पारे अन्त्य म़ा सोचे संघर्स नै महान हो दुख संग जुदना सिके सुख सित मिलन सिके र आटोट आट गरे अगाडी बढ्न को निमिक्त पछाडी फर्केर होइन अगाडी लम्केर यो समाज बदल्न सकिन्छः भनेर

दीपक जिसी
( अदक्ष्य )
प्रबासी अर्घाखाँची सहकारी बचत खाता समूह ( भारत ) /
तथा अर्घाखाँची टाइम्स नई दिल्ली कार्यालय प्रमुख

No response to “तिम्रो समाज ले हेर्ने दृस्टीकोण '' ( साहित्य अनुभूति )”