गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

असीम महत-कविता =भन्नु परेको छ!!!!!!!

आंखाबाट आँसु झरेपनी,मुटुमा गाँठो परेपनि,
यो देशमा सबैले भन्नु परेको छ!

हत्या आतंकले दिनदहाडै, होली खेलेपनि,
देशमा शान्ति सुरक्षा कायमै, छ भन्नु परेको छ!

निर्दोष जनताका छातीमा, बर्बर गोली बर्सिदै गएपनि,
मानब अधिकार फक्रदै छ,भन्नु परेको छ!

सहीदको रगतमा होली खेली,सत्ता लिप्सामा फसेपनी,
रास्ट्रीयतामा नेताहरु,मेरुदण्ड हुन् भन्नु परेको छ!

सुरा,सुन्दरी र भ्रस्टचारमा,जेलिएनी,
सभासद र मन्त्रि, नैतिकवान हुन् भन्नु परेको छ!

भोलिबादले जताततै जरा गाडेपनि,
कुसल प्रसासन छ, देशमा भन्नु परेको छ!

महंगीले जनता किचिए पनि,
बेरोजगारिले जनता थिचिए पनि,
भ्रस्टचारले जनता निचोरिएपनी,
सिमानाहरू पेलिएपनी,
तस्करहरुले जेलिएपनी,
गुलामी खेल खेलिएपनी,
मेची काली नै नेलिएपनी,
यो हाम्रो गणतान्त्रिक अभ्यास हो भन्नु परेको छ!!!!!!!!!

No response to “असीम महत-कविता =भन्नु परेको छ!!!!!!!”