गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

तिजको रहर आयो बरीलै " नारीहरुको महान चाडको शुभकामना आदान प्रदान गरौ


हिन्दू महिलाहरुको महान चाड तिज :
वर्ष भरिको दुख र कष्टलाई नेपाली नारीहरुले गितको भावबाट समाजमा घट्ने कुसस्कारहरुलाई आफनो मधुर स्वरमा गीतको लयबाट प्रष्टयाउनुलाई पनि तिजले विशेष भुमीका खेलेको कुरालाई हामीले नकार्न सक्दैनौ । आफु नारी भएर अपहेलित र नाजुक बनाउने पुरुष प्रधान समाजलाई सिर्हो धार्य राखेर पनि नारीहरुले यो तीज पर्वलाई धुमधामसँगले मनाउने गर्दछन् । पति भनेको पर्मेश्वर हो भनेर मान्ने चलन हाम्रो समाजमा छ । विशेष गरेर हिन्दु ...महिलाहरु तिजको व्रर्त बस्ने गर्दछन् । यो व्रर्त बस्नुको अर्थ आफनो श्रीमानको आयु लामो होस भनेर व्रर्त बस्ने गर्दछन् । यो पर्वमा विशेष गरेर विवाहित नारीहरुले विधि पुर्वक तरिकाबाट व्रर्त बसेर पर्व मनाउने गर्दछन् । तिजलाई महिलाहरुले महान चाडपर्वको रुपले मनाउछन् , यस पर्वमा चेलीहरुलाई माईतीको अति महत्व हुने गर्दछ अघि पछि भन्दा पनि तिजमा नारीहरुलाई विशेष प्रकारको रौनक छाएको हुन्छ । आफुमा भएको थिचो मिचो अन्याय अत्याचारलाई गीत मार्फत आफुहरु अपहेलीत भएको विलौनाहरु प्रस्फुट गराउन तिर कम्मर कसेर लागेका हुन्छन् ।

वास्तवमा महिलाहरु घरको गहना नै हुन । महिला बिनाको घर सुगन्ध बिनाको फुल हो भन्न अत्युक्ती नहोला । बर्ष भरिको दु:ख र तित्क्ततालाई भुलेर आफ्नो प्राण भन्दा प्यारो श्रीमान को दिर्घायु को कामना गर्दछन । संसारभर छरिएर रहेका हामी सबै नेपालीहरु एक हौ !!!!! Group सम्पूर्ण महिला हरुमा हार्दिक शुभकामना तथा सफलताको कामना गर्दछ !!!अरू हेर्नुहोस्

No response to “तिजको रहर आयो बरीलै " नारीहरुको महान चाडको शुभकामना आदान प्रदान गरौ”