जति धोका दिए पनि निगाह गरिरहने परचण्डले आफ्नो पार्टीको विचार, सिद्धान्त, उद्देश्य सबैलाई गोलखाँडी बनाउँदै कसैले नदेख्ने/नसुन्ने अँध्यारो कोठामा सहीछाप गराएरै भए पनि डल्लुका कमरेटलाई बालुवाटार सारेरै छाडे। यो सौभाग्यमा कमरेड झ्ेलनाथको दुर्भाग्य हेर्नुस्, उनको जिब्रोमा झ्ुण्डेको राष्ट्रिय सहमति भन्ने शब्दावली प्रतिबन्धित भएको छ।
हुन पनि, भाषणका लागि मुख खोल्यो कि राष्ट्रिय सहमति भन्दा बाहिरको, राष्ट्रिय सहमति को बाधक भन्दै कुराको शुरु र अन्त गर्थे उनी। अहिले बरालाई थाह भएको छ, आफूलाई भोट नदिने काङ्ग्रेसी, मधेशीको त कुरै छाडौँ निगाह गर्ने एमा'वादी र आफ्नै पाँच द्वारपालेको पनि सहमति रहेनछ, उनीप्रति। गृह खान आँ गरेको एमा'वादीको मुखमा एमालेले झ्िंगा हालिदिएपछि र पाँच द्वारपालेले मन्त्रीरुपी दक्षिण दाबी गरेपछि कमरेट झ्ेलनाथ आफैं राष्ट्रिय असहमति को पर्धानमन्त्री भएका छन्।
अब भने उनलाई सहमति भन्ने शब्दको हुर्मत आफैंले लिएको तत्वज्ञान प्राप्त भएको हुनुपर्छ। पर्धानमन्त्रीज्यू अब चाहिँ बजेट नभर कर्मचारीले तलब खान पाएनन् भने पहिला राष्ट्रिय सहमति लिएर आउ नभन्नु है!
भाषण ठूलो कि भोज?
एमालेका नेता झ्लनाथ खनालले नेपालको संसद्मा कतिपटक कुर्लिए भनेर हिसाब गर्न नबस्दा हुन्छ। तर, गालामा सुनसरीका देवीप्रसाद रेग्मीको झ्ापड परेपछिको उनको सम्बोधन विशेष महत्वको थियो, किनकि उनी प्रधानमन्त्री बनेका थिए। उनी माघ २७ गते अपरान्ह पाँच बजे १० पेजको भाषण बोकेर संसद् पुगे। तर, त्यो ठूलो बेथा झ्ेलेर जन्मेका नयाँ प्रधानमन्त्रीले सम्बोधन गर्नेभन्दा पनि काङ्ग्रेस नेता गोपालमान श्रेष्ठको छोरीको विवाह भोजको दिन परेछ।
काङ्ग्रेसी सभासद्हरूलाई आफ्ना रामचन्द्र बाजेलाई १६/१६ पटक त्यही संसद्ले हराएको रिस त छँदैथियो त्यसमाथि पर्यो अर्का साहूजीको छोरीको भोज खाने निहुँ। उनीहरू प्रधानमन्त्रीजीको भाषण सुन्न छोडेर एक/एक गर्दै हलचोकतिर दौडिए। भुक्क फुलेको प्रधानमन्त्रीको गालालाई काङ्ग्रेस सभासद्हरूको यो थप्पडले एकाएक साइजमा ल्यायो। मुलुकको कार्यकारी प्रमुखको नीतिगत भाषण भन्दा नेताकी छोरीको भोजलाई महत्व दिने सभासद्हरूले त्यो साँझ् खुब गर्व गरे होलान्!
मन्त्री नखाने रे!
आफ्नो पार्टी अध्यक्षलाई पनि फेसबुकमा निकै सोख रहेको बुझ्ेका मधेशी जनअधिकार फोरमका सहअध्यक्ष जेपी गुप्ताले २७ माघको एकाबिहानै आफ्नो फेसबुकको भित्तोमा लेखे- वामपन्थीहरूको स्वर्गमा उपेन्द्र यादवलाई स्वागत छ।
त्यही दिउँसो केन्द्रीय कार्यसमिति बैठकमा भेट हुँदा सहअध्यक्षले दाह्रा किट्दै आफू चाहिँ वामपन्थीहरूको सरकारमा नजाने अडान पसारेरै छाडे।
सहअध्यक्षज्यूको कलेजो ठण्डा पार्न नै होला बिचरा फोरम अध्यक्षले प्रधानमन्त्री कमरेडसँग आठको दोब्बर सोह्र बुँदे शर्त राखेका छन् जसमध्ये चार वटा पूरा गर्न प्रतिबद्ध नभए मन्त्री नखाने रे!
अमृत कुमार के.सी

No response to “रिपोर्ट राष्ट्रिय असहमति पो रहेछ”
एक टिप्पणी भेजें