गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

झुप्रो र नयाँ नेपालको खुशी

त्याँहा खुशी छ आमा
केवल खुशी मात्रै छ
हामीले यो झुप्रोमा
कहिल्यै नदेखेको
नयाँ नेपालको खुशी छ त्याँहा
हाम्रो यो झुप्रो भन्दा ठुलो
हो आमा साँच्चै ठुलो खुशी छ
त्यो खुशी कति छ भनेर
तिमीलाई पत्याउन गाह्रो पर्छ
तर त्यो खुशी छ आमा त्याँहा
उ हेरत
मान्छेहरु रमाईरहेछन
पटाका फोर्दैछन कोही
दीपावली गर्दैछन कोही
हुलका हुल भएर अबिर जात्रामा
एक अर्कालाई रंगाएर
त्यो खुशी साट्दैछन आमा
यति बिघ्न खुशी
मैले कैले देखेको थिईन आमा
त्यो खुशी
तिम्रो माने बटुकामा पनि अट्दैन
न मैले माथ्लो घरमा
मोई माग्न जाँदा लग्ने
सिलिबरे लोहोटामा अट्छ
तिमीले भर्खरै टालेको
अढाई मने बोरामा पनि नअट्ने त्यो खुशी
हाम्रो झुप्रो भन्दा धेरै ठुलो छ आमा
भनन आमा
क – कस्को होला त्यो खुशी ?
के त्यो खुशी
आईपुग्ला कहिल्यै
हाम्रो यो सानो झुप्रो सम्म ?

Tlsiramkc

Isma rajasthal  3
Gulmi Nepal

One response to “झुप्रो र नयाँ नेपालको खुशी”

बेनामी ने कहा…

कैले आँशु कैले खुशि यस्तै रहेछ जिबनरित म जस्लाई मायाँ गरछु बिछोडहुन्छु उसै सित चाहे याहा आधिँआवोस चाहेभेल चलेपनी चासोछैन कसैलाई जिउदोलास गलेपनि ! !!.,,, दिपक भटराई मुस्कान पकवादी 3 स्याङजा