मदन के.सी.
जब पुनमको चुरा खस्यो
मेरो मनको चुचुरा खस्यो ।
फूलको धारले नै रेट्न थालेपछि
उनको मनको छुरा खस्यो ।
पोको पारेर राखेको ठाउँबाट
आज अचानक कुरा खस्यो ।
सपनाको चखेवा खेलाउँदै थिएँ
विपनाको झ्वाम्म च्याखुरा खस्यो ।
फुलाउँदा फुलाउँदै मायाको फूल
बसन्तमै मनको आँकुरा खस्यो ।
भमराहरु झुमुन् भन्थेँ वरिपरि
मनको चाकामा माकुरा खस्यो ।
राधा, रुक्मिणी र मीराहरु नसोच्दै
मनमा अचानक मथुरा खस्यो ।
अग्लिदै थिएँ आकासको हिमाल
आफनै मनको टाकुरा खस्यो ।
मदन के.सी.
धुर्कोट रजस्थल-२
धुर धारापानी
गुल्मी {नेपाल
No response to “गजल”
एक टिप्पणी भेजें