समर्पण !
कसले भन्छ कविताले त्यो गर्दैन?
गर्छ…ह्वाइटहाउसदेखि तियानमेन स्क्वायरसम्मक्रेमलिनदेखि कान्दहारसम्मदिल्लीदेखि सिंहदरवारसम्मपश्चिमबंगालदेखि बल्खुसम्महरेक दरबारकाबदमास विरुद्ध कविताले राजनीति गर्छ...v
मन्तव्य !
कविता लेख्न थालेँ जसैयथास्थितीहरूविरुद्ध आजिवन आफुलाई प्रतिपक्षमा ढालेँ तसै v
पीलो
युगौँदेखि उत्तानो आँ…खोलेर बसेको कान्तिपुरकहिल्यै नअघाउँने खञ्चुवा मुखजसको अनुहारबाट सर्वत्र पीपैपीप खस्या’छकिनभने पीलोझैँ पाकेर निधारमैढ्याक्क सिंहदरबार बस्या’छ ।
घडी
सोहोरेर मिस्त्रीले सारा समयघडीमा कोचिदियो ताहाँ उप्रान्त पार्टपूर्जाले तोक्न थाले समयअर्थात, सुतेकाले जाग्ने समयजागेकाले जुलुस लगाउँने समयर जातजातका तानाशाहलाई घोडाबाट खसाल्ने समय
परेवा र चील
जुनसुकै देशकोजतिसुकै अग्लो डाँडाबाटजतिसुकै सेतो परेवा उडाए पनिखुला आकासमा...दिउँसै...चीलले परेवाको सिकार गर्छर त्यो चील ?...अमेरिकाको राष्ट्रिय पक्षी हो । छाता
सेँठसँग लिएको कालो रंगको होस् या अमेरिकाबाट आएको छिर्बिरे यूएनमार्फत आएको नीलो रंगको होस् या रक्सौल हुँदै पसेको पेटारे ओढेको दिनदेखि शिरमाथि चढ्छन् छाताहरूर सकृय हुन्छन् उभिण्डो टाँगेर आफ्ना टाउहरू ।
ईतिहासको यो घडीमाहोसियार ! छाता ओढ्ने मानिस !!उभिण्डो टाउके छातालेतिमीलाई सुभिण्डो सुरक्षा देलान्?
सिमानाको नेपाली
उसकै पार्टीको सिद्धान्तजस्तो खिया लागेको ईण्डियन ताल्चा खोल्योउसकै गुटको दिमागजस्तो कलकत्तातिर निर्मितमक्किएको पुरानो ट्यांका उघार्योउसकै अव्यवस्थित चिन्तनजस्ताघरेलु सामानहरू उल्टायो, पल्टायो छाम्यो, हेर्यो, खोज्यो तर कतै भेटेन ।
सिरानी हालेको रामायणको चेपचापमानागरिकता र झै-झगडाको कागजातका पोकोमाघरीघरी ऐनाझैँ हेर्ने गरेको गीता-ग्रन्थको खोलभित्र दातृसँस्थाले गोष्ठीमा दिएको ब्यागभित्रछोरी बिहे गर्न सर्त राखेपछिससुरालीबाट पाएको दराजको लकरभित्रभ्रमणभत्ताले किनेको ज्याकेटको भित्री गोजीभित्रकहीँ पनि नभेटेपछि सुस्ताजस्तै लामो सास फेरेर ऊ सुस्तायो र भन्यो - "कहिले हराउँछ...कहिले भेटिन्छयसपल्ट फेरि कुन छिमेकीले कता घुसार्यो?!"
बाजे-बराजुको पालादेखि आफ्नो भन्दै आएकोउसको वंशजको नाता लाग्ने जमीनको सिमाना यसपल्ट फेरि हरायो जहाँ उसका घर, गोठहरू उभिएकाछन्त्यो जमीनका अंग प्रत्यंग अचेल कसको विस्तारित चारकिल्लाभित्र परेका छन्?
तिहार र देश
बन्दुक धेरै भुकेकाले कागहरूअचेल गाउँ-घरतिर आउँदैनन्यसपाली त तस्बिरै राखेरकाग-पूजा गर्न छोरीलाई भन्नु पर्ला
धेरै भइसक्यो वस्तुभाउहरू गोठमाअसुरक्षाको नुन-पानी खाएर दुब्लाएका छन्कोरली-बाच्छीहरू बम-गोलाले सोत्तर भएका छन्गाईको सट्टा यसपालि कूश राखेरै लक्ष्मी पूजा गर्न श्रीमतीलाई भन्नु पर्ला
चाढ आइसक्यो केही ग-या छैनज्यान जोगाउँदै केही भ्याएको छैन...हेडमास्टरको कुर्सीछेउमा अपहरणको छाँयाले हात लम्काउँछबेरोजगार मृत्यु काम खोज्दै मर्निङवाकमा सबेरै भेटिन्छचुलाहरूमा त्रासको आगोले सेल-रोटीहरु पाक्न नसकेर धुवाँउँदैछन्देशवासी हो ! होसियार !!मुलुकको लम्पसार मानचित्रको शिरमा अचेलनयाँ नयाँ शिर्षकहरू दाउ खोज्दैछन्तिहार त गए पनि अर्को वर्ष फेरि आउलातर एकचोटि कतै गएपछि फर्केर आउँदैन देश । तस्बिर
उमङ्गका थरिथरि रङ्गहरुसुखदु:खको पसिनामा घोलेरमायाको मुलायम कूचिलेमेरो दिमागमा उतार्यो तिम्रो तस्बिर
ढुकढुकीको मिसिलमा नत्थी भइसकेपछिदसी प्रमाण भएर बस्दो रै'छ तस्बिररगतका अणु-अणुमा दाखिल भएपछिज्यान गए नमेँटिँदो रहेछ माया...कुनैदिन चाहियो भने मसँग माँग्नु...
ओ मातृभूमि !यो हुल्दङ्गाको शहरविचतिम्रो तस्बिरको गुरुकापीमेरै शरीरको फ्रेममा सुरक्षित छ...
ओक्खर
छामेर हेरेँ तिम्रो मुटु ओक्खर आकारको छ ।
म्वाई खाएपछि था'भोओखरको गुदीभन्दा'नि स्वादिष्ट रै’छ तिम्रो माँया ।
हाड नभा'कोभए ओक्खरकोस्वाद कहाँ सुरक्षित बस्थ्यो होला?छातीभित्र मुटु नचलेकोभएजीवन-सङ्गीत कहाँ धड्कन्थ्यो होला?नारी र पुरुष नभा'काभए
No response to “निरंकुश जुँगाविरुद्ध”
एक टिप्पणी भेजें