गुलाबको फूललाई मात्र होइन सयापत्री को फूल पनि त फूल हो l महल मा बस्ने मात्र मित्रता होइन, झोपडी मा पनि त मित्रता हो । । कांडा नै कांडाको संसार भए पनि फुल नै फुलको जीवन सोच......... आंसू नै आँसुको संसार भए पनि हासो र मुस्कन्लाई रोज । ।||www.hamrogulmi.com हेर्दै गर्नुहोला ।

गीत - झन् दुख्ने यो मन !


बुझाउन खोज्छु, यो मनलाई झन् दुखेर आउँछ,
विर्सन खोज्छु, ति दिनलाई झन् बल्झेर आउँछ ।

मीठास त्यो बोली मनपेट जाली था’पाउनु कसरी,
अँगालो हाली यो मुटुमा धसेको छुरी विस्रनु कसरी ?

थाहै भएन त्यो छातीभित्र मन हैन, ढुङ्गो पो रहेछ
चिन्नै सकिन त्यो मान्छेभित्र अर्कै मान्छे पो रहेछ !

अथाह फरक हुदो रहेछ, देखिने र भोगिने मान्छेमा
नभेटिदो रहेछ मान्छेभित्र मान्छे यी आँखाले देख्दैमा !

बुझाउन खोज्छु, यो मनलाई झन् दुखेर आउँछ
विर्सन खोज्छु, ति दिनलाई झन् बल्झेर आउँछ ।
तुलसी राम के सी
इस्मा राजस्थल ३ दोरिन्धोंगा

No response to “गीत - झन् दुख्ने यो मन !”