![]() |
| तुलसी राम के सी |
तिमी हावा हौ या झरी
को हौ अनि कहाँ छौ
तिमी सपना हौ कि तरंग
किन आउछौ अनि तड्पाउछौ
आँखामा आउने तस्बीरहरु
निकालेर राख्न खोजें
मुटु दुख्ने तिम्रो माया
धकेलेर भाग्न खोजें
टाढिएर आफै सँग
तिमी बिना बाँच्न खोजें
स्मृतिका दिवार हरु
चिथोरेर भाच्न खोजें
असम्भब छ जिन्दगी
जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु
अञ्जुलीमा जहर देउ ।
को हौ अनि कहाँ छौ
तिमी सपना हौ कि तरंग
किन आउछौ अनि तड्पाउछौ
आँखामा आउने तस्बीरहरु
निकालेर राख्न खोजें
मुटु दुख्ने तिम्रो माया
धकेलेर भाग्न खोजें
टाढिएर आफै सँग
तिमी बिना बाँच्न खोजें
स्मृतिका दिवार हरु
चिथोरेर भाच्न खोजें
असम्भब छ जिन्दगी
जिउने कुनै रहर देउ
मृत्यु बरु सहिदिन्छु
अञ्जुलीमा जहर देउ ।
लेखक -
तुलसी राम के सी
इस्मा रजस्थल ३
गुल्मी नेपाल
हाल इंडिया भारत
राजिस्थान tulsiramkc@gmail.com






No response to “तिमी हावा हौ या झरी”
एक टिप्पणी भेजें