कुनै बेला -
हावाको झोक्कासंग बहकिएर जहाँ गए पनि
आफूलाई यतै छोडी हिँडे जस्तो लाग्थ्यो
एक गुच्छा फूलमा अड्केको आस्था
वा प्रेमिल क्षितिज भन्दा फराकिलो
मेरो अस्तित्व
सुकिसकेको गुँद सरि
यतै टाँसिए जस्तो लाग्थ्यो !
आज -
लगाम लाग्न नसकेको त्यहि मन
तिम्रो हृदयको किल्लाबाट फुत्किएर
कता कता दौडी रहेछ
तिम्रै अँगालोभित्र कैद
मेरो सिङ्गो शरीर धीतो राखेर !
Thanx
Madan k.c.
Dhurkot Rajasthal-2
Dhura Dharapani
Gulmi Nepal





No response to ““जिउँदो मान्छे र हराएको मन””
एक टिप्पणी भेजें