मलाई अफसोश छ, हजूरआमा तपाईको चौरासीमा म आउन सकिन आमा भन्नु हुन्थ्यो-
‘साऊको भन्दा ब्याजको माया’ भन्दै तपाई मलाई डुलाउनु हुन्थ्यो रे,
आफ्नै काखमा सुताउनु हुन्थ्यो रे हुनत कुनै पार्कको स्लाइड वा सुइंग मैले खेलिन,
स्यान्ड क्यासटल र पजल मैले जोडिन तपाईको औला समाएर हिडन सिकें,
त्यहि मलाई स्वर्ग थियो, तपाईले सेकेको शरीर बचाएर कर्म गर्न जाने,
यही मलाई एथेष्ट छ, त्यसैले हजूरआमा तपाईलाई मुरी मुरी धन्यवाद
सानो छंदा मैले कुनै लुगा वा कुकिको च्वाइस त भेटिन, फनटाइम वा बेडटाइम
स्टोरी त सुनिन तर तपाईले ख्वाएको खीर र लटटेको स्वाद अझै
सम्झिन्छु, तपाईले सुनाएका रामायण श्लोक र कृष्णगाथा अझै पढ्दै छु,
सधै पढ्ने छु हो ह्याप्पी मिल र बाथटब स्प्ल्यासको आनंद त मैले लिइन,
तर कुराउनी खादै झरिमा अघि म र पछि तपाई दगुरेको चाँही सम्झंछु जे
जति सम्झंछु- कृष्णको गोकुल जस्तो बुझ्छु, रामको अयोध्या जस्तो सम्झिन्छु
त्यसैले हजूरआमा मुरी मुरी धन्यवाद मलाई अफसोश छ, तपाईको चौरासिमा म आउन सकिन !!!
बाबुराम थापा
पिपलधारा ०८ गुल्मी नेपाल
मोब +९७७.९७४७०२७८९८
हाल.............सूर्या रोशनी ली फरीदाबाद (हरियाणा)
मोब +९१.९७१६३१६०४९ & +९१.९४१६०८८२४३
Emailto:- baburamthapa_1977@yahoo.co.in
www.hamrogulmi.com





No response to “हजूरआमालाई चिठ्ठीहजूरआमालाई चिठ्ठी”
एक टिप्पणी भेजें