रंगिएको सिंउदो तर, मनमा तिम्रो याद किन !!
बुझ्न कहिले नसकिने ,आफ्नै मनको बात किन !!
होइन म तिम्री प्रिया,छैन कुनै नाता तर !!
फेरी पनि प्यारो लाग्छ मलाई तिम्रो साथ किन !!
समाजको बंधन भित्र,पिल्सिएको जिन्दगी यो !!
अंगालोमा बांधिदा नि,रित्तो मेरो रात किन !!
अनुमति छैन मलाई, थाह हुंदा हुँदै पनि !!
चाहान्छु म समाउन , उही तिम्रो हात किन !!
कसरी म सत्य लुकाऊ उनका निर्दोष आँखा छली !!
बुझ्दिन आखिर म बाट नै हुन्छ यस्तो घात किन !!
Kavita
Gulmi





No response to “रंगिएको सिंउदो तर,”
एक टिप्पणी भेजें