तिम्रो बोली तिम्रो मधुर आवाज़ हो मेरो ग़ज़ल।तिम्रो धर्ती तिम्रो खुला आकाश हो मेरो ग़ज़ल॥
हरेक साँझ तिम्रो यादमा हराउदा हावा संगै।
बही आउने माँयालू सुवास हो मेरो ग़ज़ल॥
धर्ती बेग्लै आकाश ऐउटै तिम्रो मेरो दूरी भन्नु।
सम्झनामै जिउने मर्ने प्रवास हो मेरो ग़ज़ल॥
बद्लिएको छैन केही हिजो जस्तै आज पनि।
मौनतामै सिमित प्रेमको आभाष हो मेरो ग़ज़ल॥
समयको चाल संगै जति छिटो दौड़े पनि।
मृगतृष्णा जिंदगीको प्रयास हो मेरो ग़ज़ल...
madan k.c.
Dhurkot Rajasthal -2
Dhura ,Dharapani
Gulmi Nepal





No response to “Gazal”
एक टिप्पणी भेजें