मैले तिमीलाई हानेको, गफ हिजो जस्तो लाग्छ ।तिमीले पनि थापेको, सही हिजो जस्तो लाग्छ ।तिमी तल माथि म, चढ्दाखेरी उकालीमा,तिमीले मेरो चाटेको, दिमाग हिजो जस्तो लाग्छ ।ठोक्न पनि ठोकेथें, ज्यानै बाजी तिम्रो लागि,दिनुसम्म दिएको, धोका हिजो जस्तो लाग्छ ।छिर्न गार्हो भएथ्यो, चुरा तिम्रो हातभित्र,फुटी रगत आएको, हातमा हिजो जस्तो लाग्छ ।नमज्जाले पसेथ्यो, धुलो तिम्रो आँखाभित्र,माड्नुसम्म माडेको, आँखा हिजो जस्तो लाग्छ ।उठ्दा पनि उठेन, जति गर्न खोजे पनि,हान्दा हान्दै थाकेको, फोन हिजो जस्तो लाग्छ ।दिइरहें, दिइरहें, दिंदा दिंदै थाकें जवाफ,मैले तिम्रो च्यातेको, चिठी हिजो जस्तो लाग्छ ।अट्दा पनि अटेन, सानो रहेछ तिम्रो झोला,मिलाई मिलाई हालेको, सामान हिजो जस्तो लाग्छ
Tulsiramkc
Isma Rajasthan 3
Gulmi nepal





No response to “अब त सानी तरुनी भई, भेट भए पनि बोल्दीन,”
एक टिप्पणी भेजें