परेलीले कुराकानी गरेको रात सम्झन्छुतिमीसँगै बसी प्याला भरेको रात सम्झन्छुसुनौलो प्रेमको डाली तिमीले प्रेमले भर्दासबैले लोभले आँखा तरेको रात सम्झन्छुफुलेको फूलका थुङ्गा दुवै यी ओठमा टाँसीतिमीले मग्मगी वास्ना छरेको रात सम्झन्छुबलेको अग्निझैँ हामी नशाले लठ्ठिँदा फेरिउषाको शील झैँ आफै झरेको रात सम्झन्छुजुनेली रातमा छाया सरेझैँ आज आँखामातिमी ओझेल बिस्तारै परेको रात सम्झन्छु
Madan k।c।
Dhurkot Rajasthal -2
Dhura धारापानी
Gulmi Nepal





No response to “परेलीले कुराकानी गरेको रात सम्झन्छु”
एक टिप्पणी भेजें